+
+

ह्वाट्सएपमा फिंगरप्रिन्ट लक फिचर कसरी प्रयोग गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १४:५५

काठमाडौं । इन्ड टू इन्ड इनक्रिप्सनदेखि टू स्टेप भेरिफिकेसनसम्मका विभिन्न प्राइभेसी फिचरहरु ह्वाट्सएपमा उपलब्ध छन् ।

यो लोकप्रिय मेसेजिङ एपमा पछिल्लोपटक थपिएको एक नयाँ प्राइभेसी फिचरको नाम चाहीँ फिंगरप्रिन्ट लक हो ।

यो फिचरले प्रयोगकर्तालाई ह्वाट्सएपको एप खोल्नका लागि एक अतिरिक्त स्टेप पार गर्नुपर्ने र रजिस्टर्ड फिंगरप्रिन्टको प्रयोगबाट मात्रै एप अनलक गर्न सकिन्छ ।

ह्वाट्सएपको फिंगरप्रिन्ट लक फिचर एन्ड्रोइड र आइओएस दुबैमा उपलब्ध छ । तथापि एन्ड्रोइडमा यो फिचर डिफल्ट रुपमा डिसेबल गरिएको हुने हुनाले आफैले त्यसलाई एक्टिभेट गराउनु पर्दछ ।

यो फिचर सक्रिय बनाएपछि पनि प्रयोगकर्ताले पहिलेजस्तै ह्वाट्सएपका अडियो तथा भिडियोकलहरु प्राप्त गर्न वा अन्त्य गर्न सक्दछन् ।

एन्ड्रोइड फोनमा फिंगरप्रिन्ट लक प्रयोग गर्नका लागि :

– आफ्नो फोनमा ह्वाट्सएप खोल्नुहोस्
– त्यसपछि तीनवटा डट भएको मेन्युमा क्लिक गरी Settingsमा जानुहोस्
– त्यसपछि Account मेन्यूभित्र रहेको Privacy मा थिच्नुहोस्
– त्यहाँ गएर तपाईंले फिंगरप्रिन्ट लक फिचर खुल्ला गर्न सक्नुहुुन्छ । यसका लागि फोनको सेन्सरमा औंठाले छोएर औंठाछाप प्रमाणीकरण गराउनु पर्दछ ।
– स्मरण रहोस् ह्वाट्सएपको फिंगरप्रिन्ट लक फिचरले केवल फिंगरप्रिन्ट सेन्सर भएका तथा एन्ड्रोइड ६ भन्दा माथिको अपरेटिङग सिस्टम भएका फोनमा मात्रै काम गर्दछ ।

आइओएसमा फिंगरप्रिन्ट लक फिचर प्रयोग गर्नका लागि :

– फोनमा ह्वाट्सएप खोल्नुहोस्
– एपभित्रै को Settings खोल्नुहोस् र Account मेन्यूको Privacyमा जानुहोस्
– त्यसपछि स्क्रोल डाउन गरी Screen Lock अप्सनमा थिचेर फिंगरप्रिन्ट लक फिचरलाई खोल्न सकिन्छ ।
– एन्ड्रोइड फोनमा जस्तै आइओएसमा पनि फिंगरप्रिन्ट अथेन्टिकेसन सुरु हुने समय छनोट गर्ने विकल्प उपलब्ध हुन्छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?