+
+

३ केन्द्राध्यक्ष राष्ट्रिय परीक्षा बोर्डको कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १५:०२

२ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ । बोर्डले वैशाख २७ गतेदेखि सञ्चालन गरिरहेको कक्षा १२ को परीक्षामा तीन जना केन्द्राध्यक्षले परीक्षाको मर्यादा विपरीत काम गरेको भन्दै कारबाही गरेको छ ।

बोर्डले मित्रपार्कमा रहेको टेक्सास इन्टरनेसनल सेकेन्डरी स्कुलका केन्द्राध्यक्षले परीक्षाको मर्यादा विपरीत काम गरेको भन्दै बर्खास्त गरेको छ ।

त्यस्तै कैलाशकुट बहुमुखी क्याम्पस, मित्रपार्कका केन्द्राध्यक्ष र कुमारी आवासीय मावि बौद्धका केन्द्राध्यक्षले परीक्षाको उचित वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको छ । बोर्डले सूचना जारी गर्दै तीन जना केन्द्राध्यक्षलाई कारबाही गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?