+
+

तेस्रो पुस्ताका नेताहरुले घोषणा गरे कांग्रेस रुपान्तरण अभियान

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १६:३९

२ जेठ, कामाडौं । नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेताहरुले ‘रुपान्तरण अभियान’ घोषणा गरेका छन् ।

मधु आचार्य, गुरुराज घिमिरे, रञ्जित कर्ण लयायतका नेताहरुले मंगलबार पत्रकार सम्मेलन गरी रुपान्तरण अभियान सुरु गरेका हुन् ।

कांग्रेसभित्र गैरकांग्रेसी चरित्रले बास गरेको भन्दै उनीहरुले भनेका छन्, ‘अहिलेको अवस्थामा कोरोनाको डेल्टा भइरस झै संक्रमित भएको कांग्रेसलाई रुपान्तरण गर्छौं ।’

अभियानले सात प्रदेश र डायसपोराको भेला तय गरेको छ । जसअनुसार ११ जेठमा जनकपुरमा मधेस प्रदेशको भेला हुनेछ ।

१६ गते काठमाडौंमा बाग्मती, २० गते पोखरामा गण्डकी र २२ गते दाङमा लुम्बिनी प्रदेशस्तरीय भेला हुनेछ ।

२४ गते सुर्खेतमा कर्णाली प्रदेश, २६ गते धनगढीमा सुदूरपश्चिम, २९ जेठमा इटहरीमा कोशी प्रदेशस्तरीय भेला हुने अभियानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?