+
+

नागरिक अगुवा पाण्डे र पहाडीले गृहमन्त्रीलाई भने- हाम्रो साथ छ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते ६:४६

३ जेठ, काठमाडौं । नागरिक अगुवाद्वय डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् ।

उनीहरूले मंगलबार गृहमन्त्री श्रेष्ठलाई भेटेर भ्रष्टाचारविरुद्धको कदममा ऐक्यबद्धता जनाएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको एक्सनलाई समर्थन र बधाई दिंदै उनीहरूले थप अपेक्षाका साथ नागरिक खबरदारीसमेत गरेका थिए ।

गृहमन्त्रीको सचिवालयका अनुसार दुवै जनाले सरकारको पछिल्लो कदमले केही खुसी दिलाएको भन्दै थप अपेक्षा र विश्वास रहेको बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?