+
+

एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १२:१०

३ जेठ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएको छ।

बिहीबार माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्न लागेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यस्तै एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछ ।

दिउँसो साढे एक बजे सिंहरबारस्थित मन्त्रालयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र देशभरबाट जिल्ला प्रशान कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागेको खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीनिकट भातृ संस्थाहरुले यसघि नै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?