+
+

राष्ट्रिय फोटो पत्रकार समूहले प्रधानमन्त्रीलाई बुझायो सातबुँदे ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १२:५४

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञान पत्र बुझाएको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्तसहितको टोलीले बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर सातबुँदे ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा देशका विभिन्न सञ्चामाध्यममा कार्यरत फोटो पत्रकारहरुको पेशागत सुरक्षामा सरकारले सहयोग गर्न, तस्वीर संग्रहालयका लागि जग्गा-भवन उपलब्ध गराइदिन संस्थाले ध्यानाकर्षण गराएको छ ।

‘फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण पत्रकारहरुको बीमा सुरक्षा र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवीमा फोटो पत्रकार विधा समावेश गरी फोटो पत्रकारहरुलाई पनि योगदानको आधारमा राष्ट्रले सम्मान गरोस्,’  ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी फोटो पत्रकारहरुलाई व्यावसायिक, मर्यादित बनाउन विभिन्न तालिमका लागि वार्षिक रुपमा बजेट उपलब्ध गराउन, क्यामेरालगायत आवश्यक उपकरण खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले फोटो पत्रकारहरुका माग जायज भएको भन्दै माग पूरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?