+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘पारस’ र ‘माइतीघर २’ लाई रोकेर नयाँ लभस्टोरी फिल्म बनाउँदै भुवन केसी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १३:०१
फाइल तस्वीर

काठमाडौं । ‘पारस’ र ‘माइतीघर २’ जस्ता आगामी फिल्मलाई ‘होल्ड’मा राखेर भुवन केसीले नयाँ फिल्म निर्माण गर्ने निर्णय गरेका छन् । बुधबार अनलाइनखबरसँग कुरा गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका केसीले अघिल्ला लाइनअपका प्रोजेक्ट तत्काल नबन्ने बताए ।

‘ती दुई फिल्मलाई अहिले थाँती राखेर बिल्कुलै नयाँ कथावस्तुमा फिल्म निर्माणको तयारी सुरु भएको छ,’ होम प्रोडक्सन सुपर काजल फिल्म्सको तयारीबारे उनले भने, ‘भदौ १० देखि फिल्मको छायांकन हुनेछ ।’ यो नयाँ फिल्म प्रेमकथामा आधारित हुने र आफूले नै निर्देशन गर्ने सम्भावना रहेको समेत उनले जनाए ।

‘नयाँ फिल्मको निर्देशन पनि म आफैंले गर्ने ६० प्रतिशत सम्भावना छ । कुनै कारणवश मैले गरिन भने अर्को निर्देशकले गर्नुहुनेछ,’ उनले भने । स्रोतका अनुसार भुवन स्वयंले यो फिल्म निर्देशनको मनस्थिति बनाएका छन् । यो फिल्मको शीर्ष भूमिका अनमोल केसीको हुनेछ ।

पारस र माइतीघरको दोस्रो श्रृंखलालाई होल्डमा राख्ने भुवनको निर्णय पछाडि केही कारण रहेको अनुमान गरिएको छ । पहिलो, ‘पारस’को विषयवस्तु फिल्म बनाउँदा अहिलेको समयमा निकै खर्चिलो हुन जान्छ । दोस्रो, ‘माइतीघर २’ को निर्देशकमा ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङलाई प्रस्ताव गरिए पनि उनले नगर्ने निधो गरेका छन् । तेस्रो, पछिल्ला फिल्मको बक्स अफिस ‘कलेक्सन’ र ‘कन्टेन्ट’लाई हेर्दा भुवन व्यावसायिक जोखिम उठाउन चाहँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?