+
+

‘बिग बोस’ फेम्ड प्रतीक सेजपालसँग रोमान्टिक अदिती बुढाथोकी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १४:५५

काठमाडौं । अभिनेत्री तथा मोडल अदिती बुढाथोकीको पछिल्लो फिल्म ‘बाबरी’ नेपाली बक्स अफिसमा सोचेजस्तो चलेन । तर उनको कामलाई भने रुचाइयो । अदितीको होम प्रोडक्सनबाट नयाँ फिल्म निर्माणको तयारी पनि भइरहेको छ । यस्तोमा अदिती हिजोआज भारतमै व्यस्त छिन् ।

भारतीय टिभी रियालिटी शो ‘बिगबोस’ फेम्ड प्रतीक सेजपालसँग अदितीले नयाँ म्युजिक भिडियोमा अभिनय गरेकी छन्, जसको छायांकन गत साता चण्डीगढमा भएको छ । छायांकन सेटबाट सेयर भएका ताजा तस्वीरमा अदिती र प्रतीकलाई रोमान्टिक देख्न सकिन्छ । यो रोमान्टिक पञ्जाबी गीतको सुटिङ सकिएको छ । गीतको बोल छ, कभी मोहम्मत में बर्बाद हुए हे जनाब’ रहेको छ ।

प्रतीकको कुरा गर्दा बिगबोस १५ का फस्ट रनरअप उनी अभिनित नागिन, एक्सएक्सएक्स : अनसेन्सर्ड र बेबाकी चर्चित छन् । चर्चित हिन्दी म्युजिक भिडियोमा अभिनय गरेकी अदितीले नेपाली फिल्म ‘कृ’बाट फिल्म करिअर सुरु गरेकी थिइन् ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?