+
+

एकीकृत समाजवादीले आज भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते ७:५५

४ जेठ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आज भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दैछ ।

माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्न लागेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबारमात्रै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

सिंहरबारस्थित मन्त्रालयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र देशभरबाट जिल्ला प्रशान कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै समाजवादीले ऐक्यवद्धतासहित खबरदारी गरेको थियो ।

एकीकृत समाजवादीनिकट भातृ संस्थाहरुले यसघि नै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?