+
+

ज्योतिषमा शनिको के महत्व छ ?

ज्योतिषी शिवबल्लभ रेग्मी ज्योतिषी शिवबल्लभ रेग्मी
२०८० जेठ ५ गते ६:३०

ज्योतिषमा शनिको विशेष महत्व छ । शनि नौ ग्रहमध्ये सबैभन्दा सुस्त गतिमा चल्ने ग्रह हो र यसलाई क्रूर ग्रह मानिन्छ । पृथ्वीको गुरुत्वाकर्षणभन्दा शनिको चुम्बकीय शक्ति ९५ गुणा धेरै छ । जसले गर्दा भगवान शनिले मानिसको कर्मअनुसार शुभ वा अशुभ फल प्रदान अति छिटो गर्ने विश्वास वैदिक ज्योतिष शास्त्रमा छ । न्याय गर्ने वरदान भगवान शिवबाट शनिले पाएकाले शुभ र अशुभ फल दिने गरेको बताइन्छ ।

शनिदेव कुनै एक राशिमा करिब साढे दुई वर्ष बस्छन्, त्यसपछि अर्को राशिको यात्रा सुरु हुन्छ । शास्त्रमा शनिदेवलाई प्रसन्न पार्न अनेक उपाय बताइएको छ । शनिदेवलाई प्रसन्न पार्न शनि जयन्ती पर्व विशेष पर्व हो । शनि जयन्ती शुक्रबार परेको छ । यस वर्षको शनि जयन्ती विशेष छ । ग्रह चालको हिसाबले शनि जयन्तीको दिन धेरै दुर्लभ तथा शुभयोग बनिरहेका छन् । साथै शनि जयन्तीमा केही राशिमा शनिदेवको विशेष कृपा हुनेछ ।

यी राशिमा शनि प्रवेश गर्दै

कुम्भ राशि

शनि एउटा राशिमा साढे दुई वर्ष बस्छ । कुम्भ राशिमा शनि विराजमान छन् । राशिमा शशराज योग बनिरहेको छ । साथै मेष राशिमा गजकेशरी योगका कारण शनि जयन्ती तपाईंको लागि लाभदायक रहनेछ । मिहिनेतको पूरा फल प्राप्त हुनेछ । आत्मबल बढेर रोकिएका सबै प्रकारका काम पूरा हुनेछन् ।

सिंह राशि

शनि जयन्ती र यस दिन गरिएको योग सिंह राशिका लागि धेरै लाभदायक हुनेछ । शशयोग र वृहस्पति भाग्यस्थानमा हुँदा शुभ हुन्छ। पारिवारिक सुखमा निरन्तर वृद्धि हुने सम्भावना छ। तपाईंले भाग्यको राम्रो सहयोग पाउनुहुनेछ, जसले तपाईंको आर्थिक अवस्था पहिलेभन्दा राम्रो बन्नेछ।

मिथुन

मिथुन राशिका लागि शनि जयन्ती निकै लाभदायी रहनेछ । तपाईंको राशिमा अहिले शनि नवौं घरमा छ भने बृहस्पति एघारौं घरमा प्रवेश गरिरहेको छ । यस्तो अवस्थामा तपाईंको आर्थिक अवस्था राम्रो हुनेछ । जागिरमा पदोन्नति र बढुवाको शुभ संकेत छ । तपाईंमा शनिदेवको विशेष कृपा रहनेछ। भाग्यको सहयोगले हरेक काममा सफलता मिल्नेछ ।

मेष

तपाईंको राशिमा शनिदेव एघारौं घर अर्थात् राशिफलको पहिलो घरमा विराजमान छन्। यस राशिका व्यक्तिलाई राम्रो लाभ दिने काम हुनेछ। शनिदेवको कृपाले यस समय व्यापारमा लाभको स्थिति छ भने साथीभाइबाट सहयोग मिल्ने सम्भावना देखिन्छ । अनुसन्धान कार्यमा संलग्न व्यक्तिले यस समयमा राम्रो नतिजा दिन सक्नेछन् । बैंकिङ तथा मेसिनरी कामसँग सम्बन्धित व्यक्तिहरूले केही नयाँ गर्न पाउनेछन्।

शनि कमजोर हुँदा पर्ने प्रभाव

कुण्डलीमा शनि ग्रह कमजोर भएका व्यक्ति अल्छी हुने, कुलतमा लाग्न सक्ने, चिडचिडापन हुने, कुनै पनि कार्य गर्दा सफलता प्राप्त नहुने, मानसम्मान र प्रतिष्ठामा आँच आउने, रोग र ऋणी हुन्छन् । यस्ता व्यक्तिले शनि जयन्तीको दिन शनिको उपासना गरे यस्ता समस्या टरेर जाने शास्त्रमा उल्लेख छ । यसले शनिको दुष्प्रभावबाट बच्न सकिन्छ ।

शनि जयन्तीमा यी कार्य गर्नु फलदायी

सूर्योदयको समयमा काँचो धागो पिपलको रूखमा सात पटक बेरेपछि धूप–दीप आदिले शनिदेवको पूजा गरी जल चढाउने ।

घर वरपर सरसफाइ गर्ने, शनिको दुष्प्रभाव पर्न नदिन ओम सः शनैश्चराय नमः १०८ पटक जप गर्ने ।

सूर्यास्त हुनुअघि एक दशमलव २५ मिटर कालो कपडामा कालो चना, एउटा किला र कोइला एकसाथ बाँधेर आफ्नो टाउकोमाथि ११ पटक गुमाएर खोलामा फालिदिनुहोस् ।

श्री हनुमानजीको हजारपटक  नाम उच्चारण गर्नुहोस् । कालो तिल, तेल, कालो कपडा, जुत्ता, फलाम, कालो फूल, तोरीको तेल, सुनको प्रतिमा जस्ता दान ब्राह्मणलाई दान गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?