+
+

गोरखा अस्पतालले नगरबासीलाई आधारभूत स्वास्थ्य सेवा नि:शुल्क दिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते २०:२३

४ जेठ, गोरखा । गोरखा नगरबासीका लागि गोरखा अस्पतालमा आधारभूत स्वास्थ्य सेवा सञ्चालन हुने भएको छ। नगरबासीलाई नि:शुल्क सेवा प्रदान गर्ने उदेश्यले गोरखा नगरपालिका र अस्पतालबिच बिहीवार सम्झौता भएको छ ।

सम्झौता अनुसार खोप बाहेकका ९८ प्रकारका औषधि, १८ प्रकारका प्रयोगशाला सेवा र थप १० प्रकारका अन्य सेवा नगरबासीले निशुल्क पाउनेछन् । जस अन्तरगत खोप सेवा, एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन र पोषण सेवा, स्वास्थ्य प्रवद्र्धन सेवा र आयूर्वेद तथा अन्य मान्यता प्राप्त बैकल्पिक स्वास्थ्य सेवा पर्ने नगर स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए।

गर्भवती प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन सेवा, सरुवा रोग नियन्त्रण कार्यक्रम, नसर्ने रोग तथा शारिरिक बिकलाङ्गता सेवा र सामान्य÷आकस्मिक अवस्थाका उपचारत्मक सेवा समेत निशुल्क हुने उनले जानकारी दिए।

‘गर्भवती प्रसव तथा सुत्केरी सेवा अन्तरगत नेपला सरकारले तोके बमोजिमको यातायात खर्च तथा नगरपालिकाद्धारा पोसिलो झोला पोषण प्रवर्द्धन साथै असहाय गरिवहरुका लागी नगर उपप्रमुख पोषण तथा आर्थिक सहायता प्रदान र ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमको भिडियो एक्स-रे सेवा पर्छन्,’ उनले भने ।

स्वास्थ्य बिमा र बिस्तारित सेवा बाहेक ओपिडी टिकट तथा अकस्मिक टिकट समेत निशुल्क हुने बताइएको छ । जनरल बेडमा भर्ना हुनु परेमा बेड चार्ज र भर्ना समेत निशुल्क हुने सम्झौता पत्रमा उल्लेख छ ।

सेवाका लागी नगरवासीलाई स्वास्थ्य कार्डको व्यवस्था हुने छ । स्वास्थ्य कार्ड उपलब्ध नहुदाँसम्म व्यक्तिको परिचय खुल्ने सरकारी कागजपत्रको आधारमा सेवा प्रदान गरिने बताइएको छ । निशुल्क सेवा उपलव्ध गराए बापत सेवा प्रदान गरेको प्रतिवेदनको आधारमा त्रैमासिक रुपमा नगरपालिकाले अस्पतालाई रकम उपलव्ध गराउनेछ । उक्त कार्यक्रमका लागी नगरपालिकाले चालु आर्थिक बर्ष १५ लाख रकम विनियोजन गरेको छ । सेवा प्रवाहका लागी गोरखा नगरपालिकाले दुई जना प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ ।

बिहीवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका मेयर कृष्ण राना र अस्पताल व्यवस्थापन समिति अध्यक्ष लाल प्रसाद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेर एक आपसमा आदान प्रदान गरेका छन् ।

गोरखा नगरपालिकाका मेयर रानाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख लिला परियार, गोरखा नगरपालिका उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, नगर स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मी लगायतले मन्तव्य राखेका थिए । बिहीवार भएको सम्झौता जेठ १० गतेबाट लागू हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?