+
+

राजेश हमाल र शिव श्रेष्ठलाई लिएर फिल्म बनाउँदै सरोज खनाल

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते ११:५०

काठमाडौं । अभिनेता तथा निर्देशक सरोज खनालले समकालीन कलाकारद्वय राजेश हमाल र शिव श्रेष्ठलाई लिएर फिल्म बनाउने भएका छन् । हिमालय टिभी एचडीको कार्यक्रम सेलेब्स टकसँगको कुराकानीमा उनले नयाँ फिल्मको घोषणा गर्दै दशैंपछि छायांकन सुरु हुने जानकारी दिए ।

यो फिल्मलाई ‘नाइँ नभन्नु ल’ फेम्ड विकासराज आचार्य र खनाल दुवैले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् । ‘हिजोसम्म १४ सिन लेखेर सकियो । विकासजी र मिलेर निर्देशन गर्दैछौं,’ उनले भने । यो फिल्ममा सरोजसहित राजेश र शिव तीन समकालीन कलाकारले अभिनय गर्ने भएका छन् । ‘हामी तीनैजना समकालीन कलाकार यसमा देखिंदैछौं,’ उनले भने ।

‘अहिले हामी स्क्रिप्टमै छौं । विकासजीले स्टोरी सुनाउने बित्तिकै मेरो दिमागमा एउटा रोलको लागि राजेशजीको अनुहार याद आयो । त्यो अलिकति अनौठो खालको रोल छ । अहिलेसम्म राजेशजीलाई कसैले पनि त्यो रोलमा देख्नुभएको छैन,’ उनले भने, ‘उहाँले यदि खेल्दिन भन्नुभयो भने हामीले दोस्रो अप्सन सोच्छौं ।’

फिल्ममा राजेश र आफ्नो समानान्तर भूमिका हुने पनि उनले जनाए । अर्को एक भूमिकामा शिवलाई लिने सोच बनाइरहेको सरोजले बताए  ‘शिव दाइको बारेमा पनि एउटा रोल छ । ५० कटेका हामी तीन कलाकार एउटै फ्रेममा हुनेछौं,’ उनले भने । अभिनेत्रीबारे निधो नभइसकेको उनले बताए । ‘नाइँ नभन्नु ल ६ बनाउनुअघि पनि यो फिल्म गर्ने कि भनेर सोचेका थियौं । त्यतिबेला प्रियंकाजीलाई लिने कुरा थियो र अब चेन्ज हुन्छ होला,’ उनले भने ।

उक्त अन्तर्वार्तामा खनालले आफूलाई प्रचण्ड र देउवाले चुनावका लागि अफर गरेको तर आफूले अस्वीकार गरेको बताएका छन् । ‘अहिलेसम्म म मन्त्री भइसक्थें,’ उनले भने । साथै, सन् १९९१ को फिल्म अवार्डलाई आफूले रिजेक्ट गर्दा विवाद निम्तिएको स्मरण पनि उनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?