
५ जेठ, काठमाडौं । सरकारले कपिलवस्तुको तिलौराकोट र जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् ।
उनले ऐतिहासिक तथा पुरातात्विक स्थानको अन्वेषण र उत्खननलाई निरन्तरता दिने समेत बताए ।
राष्ट्रिय महत्वका सबै प्रकारका अभिलेखको संरक्षण गर्ने समेत उनले बताए । गोरखामा जीवन्त संग्रहालय बनाउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4