+
+

‘डाकिनी’को काठमाडौं प्रिमियरमा खिन्से नोर्बुले भने : हामीले हाम्रो कथा भन्ने शैलीलाई जोगाएर राख्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ६ गते ८:५३
शुक्रबार बेलुका क्यूएफएक्सको छाया सेन्टरमा आयोजित डाकिनी फिल्मको प्रिमियरमा विश्वचर्चित फिल्म निर्देशक खिन्से नोर्बु । बौद्ध धर्मगुरु समेत रहेका उनका अघिल्ला फिल्म कान्स फेस्टिभलमा पनि प्रदर्शन भैसकेका छन् ।

काठमाडौं । फिल्म ‘डाकिनी : लुकिङ फर अ लेडी विथ फयाग्स एण्ड मुस्टाच’लाई शुक्रबार काठमाडौंमा भव्य प्रिमियर गरिएको छ । क्यूएफएक्सको छाया सेन्टरमा आयोजित समारोहमा निर्देशक खिन्से नोर्बु र अभिनेता तेन्जिङ कुन्सेल आकर्षण बने ।

प्रिमियरमा विदेशी राजदूतहरु, सेलिव्रिटी, बौद्ध धर्म गुरुहरु, फिल्मकर्मी, संचारकर्मीको उपस्थिती रह्यो । प्रिमियर समारोहमा सहभागि हुन निर्देशक तथा बौद्ध धर्म गुरु नोर्बु अमेरिकादेखि काठमाडौं आइपुगेका छन् ।

‘बाहिर धेरै रमाइला कुरा हुँदाहुँदै पनि तपाईंहरु भित्र फिल्म हेर्न आउनुभएको छ’ फिल्म प्रदर्शनअघि नोर्बुले ठट्टा गर्दै भने, ‘यो फिल्म पीडादायक हिसाबले पनि लामो छ । तपाईंले लामो ब्रेक पनि लिनसक्नुहुन्छ । खासै केही हुनेवाला छैन ।’

हिमालय क्षेत्रका मानिसको कथा भन्ने आफ्नै शैली रहेको बताउँदै निर्देशक नोर्बुले भने, ‘सामाजिक वैज्ञानिकहरु भन्छन् कि चिम्पान्जी र हामीबीच भिन्नता किन हुन्छ भने, हामी कथा भन्न सक्छौं । हामीले हाम्रो कथा भन्ने तरिकालाई जोगाएर राख्नुपर्छ ।’

शनिबार राजधानीमा नोर्बुले ‘ब्यूटी इज अ ट्रयाप’ (सुन्दरता जालो हो) शीर्षकमा मास्टरक्लास पनि संचालन गर्दैछन् । ‘डाकिनी’ प्रिमियरमा हरिवंश आचार्य लगायतका सेलिव्रिटी उपस्थित रहे । शुक्रबारदेखि यो फिल्म काठमाडौं र पोखराका सीमित मल्टिप्लेक्स हलमा मात्र रिलिज भएको छ ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्मको निर्माता म्याक्स दिपेश खत्री र रविन्द्रसिंह बानियाँ हुन् ।

तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?