+
+
Shares
कविता :

चक्रपथ

सुरेश राई सुरेश राई
२०८० जेठ ६ गते ११:५९

त्यही चक्रपथमा हो कुनै दिन
घामले पाइला राखेर तिम्रो अनुहारमा
दोस्रो पाइला टेक्न आएछ मेरो आँखामा
त्यसपछि तिमीलाई मैले देखेको हुँ

खै कतियौँ घुम्ती थियो कुन्नी
हाम्रो चिनाजानी भएको
सुन्दर सपनाको फेरो लगाउँदै
हामी प्रेममा परेको
खै कतियौँ परिक्रमा थियो कुन्नि
हामी नजिकिएको

याद छ ?
सधैं खानु हुन्थ्यो तिमीलाई
भुइँकटहरको चाना नुन छर्किएर
बल्खु चोकमा
विशाल खाजा घरमै
खानु हुन्थ्यो तिमीलाई सधैं चाउमिन
र भेट्नु हुन्थ्यो बालाजु बाईपासकै क्याफेमा
किन्नु हुन्थ्यो तिमीलाई दुई घोगा पोलेको मकै
सितापाईलाको सडकछेउ
खिच्नु हुन्थ्यो तिमीलाई फोटो
बैजनी ज्याकारान्डा फूलहरूको
सडक किनाराको एकान्तकुनाको
गर्नु हुन्थ्यो दर्शन तिमीलाई
सबै सबै भगवानहरूको
पशुपतिनाथको जयबागेश्वरी र स्वयम्भूको
भेट्नु हुन्थ्यो तिमीलाई शङ्ख पार्कमा
बेला न कुबेला अनुसार तिम्रै मुडको
र जब साँझमा तिम्रो पुरानो स्कुटरमा हावा खाँदै
विना कुनै गन्तव्य हामी फेरो मार्न निस्कन्थ्यौं
झिलिमिली चक्रपथ मलाई स्वर्ग जस्तै लाग्थ्यो

थाहा छ मेरी ज्यान ?
तिमी विदेशिएको दिन
तिम्रै मफलर बनेर
गयो मेरो चक्रपथ पनि तिमीसितै
तिम्रै गलामा बेरिएर

त्यसै दिनदेखि यता
यो सहरमा कुनै चक्रपथ छैन
म आजभोलि
विनाचक्रपथको काठमाडौंमा
यसै बाँचिरहेको भेटिन्छु ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?