+
+

हरि बुढामगरलाई सरकारले एयरपोर्टमै पुगेर सम्मान गरोस् : सांसद घर्ती

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते ११:४६

७ जेठ, काठमाडौं । दुवै खुट्टा गुमाए पनि सगरमाथाको सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग संसदमा उठेको छ ।

रोल्पाबाट निर्वाचित सांसद ईश्वरी घर्तीले बुढामगर भोलि काठमाडौं फर्किंदै गरेको जानकारी गराउँदै सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग गरेकी हुन् ।

रोल्पाको थवाङ गाउँपालिका-३ मिरुल निवासी बुढामगर यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । ब्रिटिश गोरखा सैनिकमा कार्यरत रहँदा उनले अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए । उनका घुँडादेखि तल दुवै खुट्टा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?