+
+

पूर्वप्रधानमन्त्रीले संसदमा प्रवचन दिनुभयो : मेटमणि

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १७:२९

७ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रवचन दिएको टिप्पणी गरेका छन् ।

‘आजको सदनमा पूर्बप्रधानमन्त्रीले १ घण्टा ५५ मिनेट लगाएर नेपाल सरकारले प्रस्तुत गरेको बिषयमा आफ्नो पालामा भए गरेको कामको बिषयमा प्रवचन दिनुभयो’, ओलीको सम्बोधन लगत्तै चौधरीले सामाजिक सञ्जालमा लेखेका छन् ।

एमाले अध्यक्ष ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि आफ्ना धारणा राखेका थिए । त्यसक्रममा उनले आफू नेतृत्वको विगतको सरकारको कामकारबाहीको चर्चा गरेका थिए ।

त्यसप्रति टिप्पणी गर्दै चौधरीले लेखेका छन, ‘३३ प्रतिशत पनि पूरा नभएको धरहराको उद्घाटन गरेर गर्व गर्नुभयो । सुझाव भन्दा धेरै इगो, कुण्ठा पोख्नुभयो । प्रजातन्त्रको नयाँ परिभाषा समृद्धि र न्यायको जोड हो भन्नुभयो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रकरणका सन्दर्भमा समेत ओलीले बोलेको विषयलाई लिएर सांसद चौधरीले गम्भीर टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘उहाँ (केपी ओली) ले भुटानी शरणार्थीको बिषयमा मेरो पालामा भएको हो भनी स्वीकार गर्नुभयो । यो बिषयमा मलाई धन्यबाद दिनुपर्छ भनेर समेत जिकिर गर्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?