+
+

आङटावा शेर्पाविरुद्ध प्रहरीमा ५ वटा जाहेरी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १८:२६

७ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद आङटावा शेर्पाविरुद्ध ५ जनाले किटानी जाहेरी दिएका छन् ।

दोलखाका ५ जनाले आफूहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम असुलेर ठगी गरेको भन्दै शेर्पाविरुद्ध जाहेरी दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकेर आइतबार नै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको थियो ।

तर अन्तिम समयमा ५ वटा जाहेरी आएको प्रहरी स्रोतको भनाइ छ । शेर्पाविरुद्ध दोलखा, रामेछाप र ओखलढुंगाका व्यक्तिहरुलाई अमेरिका पठाइदिने भन्दै रकम लिएको आरोप छ ।

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि आङटावा १ जेठमा प्रहरी कार्यालय आफैं पुगेका थिए । त्यसयता उनी हिरासतमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?