+
+

पासाङले कीर्तिमान बराबरी गरेपछि कामीरिता २८ औं पटक सगरमाथा चढ्दै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते ८:५०

९ जेठ, काठमाडौं । विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथा चढ्न सुरु गरेका छन् ।

सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि कामीरिता २८ औं पटक सगरमाथा चढ्न थालेका हुन् ।

सबैभन्दा धेरैपटक सगरमाथा चढेको आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न उनले सोमबारदेखि नै आरोहण सुरु गरेको उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ । सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरागाईंले अनलाइनखबरसँग भने, ‘कामीरिता आज (मंगलबार) चुचुरोमा पुग्ने योजना हो । तर पुगिसकेको खबर आइसकेको छैन ।’

सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्स प्रालिका गाइड हुन् । उनले सबैभन्दा पहिले २०५१ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?