+
+

प्रचण्ड क्याबिनेटले पायो पूर्णता, वनमन्त्रीमा वीरेन्द्र महतो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १३:४७

९ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।

मंगलबार जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्र कुमार महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेका छन् । जसपाबाट यसअघि नै अशोक कुमार राई शिक्षा मन्त्री छन् ।

मंगलबार जसपाबाटै थप एक मन्त्री थपिएपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ ।

सरकारमा नेपाली कांग्रेसका एक उपप्रधानमन्त्रीसहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक मन्त्री छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?