+
+

अर्थतन्त्र दबावमा छ, तर श्रीलंकाको स्थितितिर जाँदै छैनौं : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १५:४०

९ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र दबावमा रहेको स्वीकार गरेका छन् । तर श्रीलंका बन्दैछ भन्नेर अनावश्यक आतंक सिर्जना गर्न नहुने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा सदस्यहरुले उठाएको प्रश्नको मंगलबार जवाफ दिँदै उनले अर्थतन्त्र दबाव र अप्ठ्यारोमा रहेको बताए । ‘संकटमा त छ, तर श्रीलंकाको स्थितितिर जाँदै छैन । हाम्रा सूचकहरुले त्यस्तो देखाउँदैन,’ उनले भने, ‘अनावश्यक आतंक सिर्जना गर्ने झुटो कुरा हामी कसैले पनि गर्नु हुँदैन ।’

अर्थतन्त्रलाई सुदृढ गर्न राजश्व वृद्धि गर्नुपर्ने उनले बताए । यसका लागि भन्सार नीति दह्रो बनाउनुका साथै चोरी पैठारी रोक्न कठोर बन्नुपर्ने, करको दायरा बढाउनुपर्ने भ्रष्टाचारलाई दृढताका साथ नियन्त्रण गर्ने प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?