
१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले नेपाली नागरिकलाई नक्कल भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सम्बन्धी प्रकरणमाथिको अनुसन्धान विधि र प्रक्रिया अनुसार अगाडि बढ्न दिनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणको केसमा जे आइराखेको छ । यसमा विधिको शासन, प्रक्रिया अनुसार अगाडि बढोस् भन्नेमा हामी सबैले जोड दिनुपर्छ ।’
प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । नीति तथा कार्यक्रममा भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति अपनाउने उल्लेख रहेको भन्दै नेता सिंहले त्यसको स्वागत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4