+
+

निजगढमा एयरपोर्टको साटो उद्योग खोलौं : सांसद सिंह

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १७:३८

१० जेठ, जनकपुरधाम । जनमत पार्टीका प्रदेश सांसद शतिसकुमार सिंहले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको साटो उद्योग स्थापना गर्नु पर्ने माग गरेका छन् ।

बुधबार बसेको मधेश प्रदेशसभामा उनले एयरपोर्ट बनाउन लाग्ने लगानीबाट ठूलो उद्योग खोल्न सकिने र यसमा लाखौं युवाले रोजगारी पाउने धारणा राखे ।

‘३३ अर्ब रुपैयाँ लगानीले बन्ने एयरपोर्टले प्रदेशलाई कुनै उपलब्धि हुँदैन । त्यही लगानीमा इन्ड्रस्ट्रिज स्थापना भयो भने मधेशका लाखौं युवाले रोजगारी भेट्छन् । प्रदेशको समृद्धि, युवाको रोजगार र विकासको बाटो खुल्छ’, उनले भने ।

जंगल बचाएर फडानी गरिएको ठाउँमा उद्योग स्थापना गर्नु पर्ने उनको माग छ । अन्तर्राष्ट्रिय एयरपोर्ट बन्न २० वर्ष लाग्ने र त्यसले फाइदा पनि नहुने भएकाले उद्योग निर्माण तिरै लाग्न उपयुक्त हुने उनले बताए ।

सातवर्षदेखि सुस्तगतिमा भइरहेको फास्टट्रयाको काम द्रुत गतिमा हुनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?