+
+
नक्कली भुटानी शरणार्थी प्रकरण :

कपोलकल्पित बयानप्रति आश्चर्यचकित छु : शाक्य

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १८:०९

१० जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका क्रममा आफ्नो नाम जोडिनुलाई आधारहीन, कपोलकल्पित र भ्रामक भएको नेकपा एमालेका नेता अजयक्रान्ति शाक्यले बताएका छन् ।

शाक्यले प्रेस नोट जारी गर्दै यो प्रकरणमा आफ्नो नाम लिने व्यक्ति अपरिचित भएको बताएका छन् ।

‘हिरासतमा रहेर बयान दिएका गिरोहका नाइके भनिने आरोपित व्यक्ति मेरा लागि बिल्कुलै अपरिचित हुन् । यस्ता अपरिचित व्यक्तिसँग मैले अहिलेसम्म भेटघाट र संवाद समेत गरेको छैन’, शाक्यको प्रेस नोटमा उल्लेख छ ।

तर असम्बन्धित र सरोकार नभएको विषयमा षडयन्त्रपूर्वक ढंगले आफूलाई जोड्ने प्रयास भएको उनको प्रष्टोक्ति छ । ‘…यस्ता आधारहीन, भ्रामक र कपोलकल्पित बयान किन र कुन उद्देश्यले ती व्यक्तिलाई बोल्न लगाइयो वा बोल्यो म आश्चर्यचकित छु’, उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?