+
+

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न युवा संघको माग

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १२:५५

११ जेठ, काठमाडौं। नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

यो प्रकरणमा एमाले नेताहरु र अख्तियारका प्रमुख आयुक्तलाई समेत बदनाम गराउन खोजिएको भन्दै युवा संघले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउन खोजिएको आरोप लगाएको छ।

आज उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आठ बुँदे माग पत्र बुझाउँदै युवा संघले नक्कली भुटानी शरणार्थी प्रकरणलाई राजनीतिक रंग नदिन माग गरेको छ ।

अनुसन्धानको क्रममा पक्राउ परेका आरोपीले नाम लिएका सबैलाई र गोपनीयता भंग गर्नेहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उसको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?