+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

सातै प्रदेशका ८१ जनाले लिए ट्रेकिङ गाइड तालिम

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १३:५६

११ जेठ, काठमाडौं । सात वटै प्रदेशका ८१ जनाले ट्रेकिङ गाइड तालिम लिएका छन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनर्उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) सँगको सहकार्यमा काठमाडौंमा ३५ दिने ट्रेकिङ गाईड तालिम सम्पन्न भएको हो ।

तालिममा सातै प्रदेशका ८१ जना प्रशिक्षार्थी सहभागिता रहेको बोर्डले जनाएको छ । तालिममा सैद्धान्तिक र व्यवहारिक विषयवस्तुको संयोजन सहित ट्रेकिङको सामान्य पर्यटन जानकारी, देशको भूगोल र भूगोल, वातावरण, नेपाली धर्मको इतिहास, अन्तरसांस्कृतिक पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण, पदयात्रामा सुरक्षा र सुरक्षा, जोखिमहरूका बारेमा प्रशिक्षण दिइएको थियो ।

पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न बोर्डले विभिन्न समयमा यस्ता तालिम आयोजना गरेको बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले तालिमलाई व्यवहारिक बनाउन सैद्धान्तिक तथा व्यवहारिक कक्षाहरू सञ्चालन गरिएको र यसले तालिम थप प्रभावकारी भएको बताए ।

तालिममा नेपाल पर्वतारोहण पथ प्रदर्शक संघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक छिरिङ पाण्डे भोटे, एनएमएका प्रशिक्षक सञ्जय भट्टले ककनीमा प्रयोगात्मक प्रशिक्षण दिए । काठमाडौंमा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) का कार्यकारी निर्देशक अर्जुन राई सहित विभिन्न विधाका २० जना प्रशिक्षकले तालिम दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?