+
+

सौगात मल्लले ‘क्यामिनो’ छाडेका हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १५:०३

काठमाडौं । अभिनेता सौगात मल्ललाई यतिबेला फिल्मको सेड्युलको चापले थेगिनसक्नु छ । उनी यति व्यस्त छन् कि समय व्यवस्थापन गर्न सकिरहेका छैनन् । हुन सक्छ यही कारण उनी आगामी फिल्म ‘क्यामिनो’बाट बाहिरिएको चर्चा गर्माएको छ ।

निर्देशक र स्वयं सौगातले यसको स्वतन्त्र पुष्टि नगरे पनि निकट स्रोतले दिएको जानकारीअनुसार फिल्मको सेड्युल जुधेपछि ‘क्यामिनो’मा सौगात हुनेछैनन् । ‘पशुपतिप्रसाद २ : भष्मे डन’को छायांकन एक महिना लम्बिएर यसै साता सकिएको छ भने अर्को फिल्म ‘अगस्त्य’ केही दिनबाट छायांकनमा जाने तयारी छ ।

अगस्त्यको सुटिङ सोमबारदेखि भारतमा गर्ने जनाइएको छ । यो फिल्मको सेड्युल ६० दिनको तय गरिएको छ । यसपछि सौगात हात्तीछाप र फाटेको जुत्तालगायतका फिल्ममा व्यस्त हुनेछन् । यो सेड्युल जुधेपछि सौगात क्यामिनोमा नहुने सम्भावना बलियो रहेको स्रोतले जनायो । ‘उहाँले छाडिसकेको होइन तर छाड्ने सम्भावना बलियो छ,’ स्रोतले भन्यो ।

अर्कोतर्फ क्यामिनो पनि कहिलेदेखि फ्लोरमा जान्छ टुंगो छैन । निर्देशक दीपक वली र निर्मातालाई लिएर अभिनेता प्रदीप खड्का क्यामिनोको लोकेसन खोज्न यतिबेला फिलिपिन्समा छन् । सौगातले छाडेपछि प्रदीपसहित नीति शाह, वर्षा सिवाकोटी र भोलाराज सापकोटा क्यामिनोमा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?