+
+

रास्वपा नेताहरु र चिनियाँ दूतावासको टोलीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १५:१७

११ जेठ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी र नेपालस्थिति चिनियाँ दूताबासको टोलीबीच भेटवार्ता भएको छ ।

रास्वपाका उपसभापति डीपी अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल र पार्टी सल्लाहकार भूमिनन्द बरालले डेपुटी चिफ अफ मिसनको पोलिटिकल कन्सुलर र अर्का एक अधिकारीसँग भेट गरेका हुन् ।

सहमहामन्त्री बुर्लाकोटीका अनुसार पार्टी नेताहरुसँग भेटघाट गर्ने दूतावासको प्रक्रिया अनुसार नै उनीहरुले रास्वपाको टोलीसँग भेट गरेको हो ।

भेटमा नेपाल र चीनबीचको सम्बन्धका विषयमा कुरा भएको उनको भनाइ छ । ‘उहाँहरुले भ्रष्टाचार विरोधी हाम्रो कार्य र सुशासनमा पार्टीले गरेको काममा चासो राख्नुभयो । यो प्रयास राम्रो भएको बताउनुभयो’ बुर्लाकोटीले भने ।

चिनियाँ कम्युनिस्ट पार्टीले सुशासनका लागि पार्टीमा गरेको ८ बुँदे सर्कुलर बारे चिनियाँ टोलीले जानकारी दिएको पनि सहमहामन्त्री बुर्लाकोटीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?