News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालस्थित चिनियाँ राजदूतावासले राष्ट्रिय शोक दिवसमा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।
- राजदूतावासले बाढीपहिरो पीडितको शोकमा चिनियाँ राष्ट्रिय झण्डा आधा झुकाएको छ।
- दूतावासले चीन र नेपाल सधैँ आशा र दृढतासाथ एकअर्काको साथमा उभिने र घर तथा समुदाय पुनर्निर्माण गर्ने बताएको छ।
२२ भदौ, काठमाडौं । नेपालको राष्ट्रिय शोक दिवसका अवसरमा नेपालस्थित चिनियाँ राजदूतावासले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। बाढी पहिरोमा परी ज्यान गुमाएका पीडितहरूको शोकमा चिनियाँ राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
चिनियाँ दूतावासले चीन र नेपाल सधैँ आशा र दृढताका साथ एकअर्काको साथमा उभिने र कठिनाइहरूलाई पार गर्दै मिलेर आफ्ना घर तथा समुदायहरूको पुनर्निर्माण गर्ने बताएको छ ।
भदौ १० मा आएको भोटेकोशी बाढीका कारण नेपाल र चीनतर्फ ठूलो मानवीय र भौतिक क्षति भएको छ । नेपाल र चीन जोड्ने केरूङ नाका पनि पूर्णरुपमा क्षति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4