+
+

महासंघका अध्यक्ष र राष्ट्र संघ आवासीय संयोजकबीच भेटवार्ता

दिगो विकास लक्ष्य कार्यान्वयन र स्तरोन्नतिमा सहकार्य प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १६:४१

११ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक हाना सिंगरबीच भेटवार्ता भएको छ । महासंघको सचिवालयमा बिहीबार भएको भेटवार्तामा अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारहरु बीच सहकार्य बढाउन आग्रह गरे ।

आर्थिक संकट समाधानका लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने लगायतका विषयमा विकास साझेदारहरूसँग सहकार्य गर्न महासंघ तयार रहेको उनले बताए ।

साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँगको सहकार्य लगायतका विषयमा सहकार्य गर्ने बारे पनि छलफल भएको महासंघले जनाएको छ ।

मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पुरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने अध्यक्ष ढकालले बताए ।

सो अवसरमा आवासीय संयोजक हाना सिंगरले महासंघका तर्फबाट आएको सुझावलाई आफूले महत्वका साथ लिएको बताइन् । दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोको विषय रहेको उनको भनाइ थियो । लक्ष्य हासिल गर्न स्तरोन्नतिबाट नकारात्मक प्रभाव न्यूनीकरणका लागि महासंघको भूमिका प्रभावकारी हुने उनको धारणा थियो । स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट संघले सहकार्य गर्न सक्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?