+
+

‘शून्यकाे मूल्य’लाई उत्तम-शान्ति पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते ८:५२

१२ जेठ, सुर्खेत । डा. नवराज केसीद्वारा लिखित कर्णालीका आमाहरुकाे संघर्षमा आधारित कृति ‘शून्यकाे मूल्य’लाई यस वर्षको उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको छ ।

२०७९ सालभर प्रकाशित कृति मध्येबाट ‘शून्यकाे मूल्य’लाई उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको बताइएको छ । पुरस्कारको राशि १ लाख रुपैयाँ तथा सम्मानपत्र रहेको छ ।

उत्तम कुँवर स्मारक पुरस्कार गुठीमा प्राप्त गैरआख्यानका साहित्यिक कृतिमध्येबाट छनोट समितिले निर्णय गरेका व्यक्तिलाई पुरस्कार दिइन्छ । याे वर्ष सृजनात्मक गैरआख्यान ‘शून्यकाे मूल्य’लाई दिने निर्णय गरिएको गुठीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा उनकी धर्मपत्नी शान्ति कुँवरले २०४४ सालमा स्थापना गरेको यो पुरस्कार उत्तम कुँवर जन्मजयन्ती (जेठ १२)मा प्रदान गरिने चलन छ । कुँवरले लेखेको साहित्यिक प्रोफाइलको गैरआख्यान कृति ‘स्रष्टा र साहित्य’ले २०२३ सालमा मदन पुरस्कार पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?