+
+

अमेरिकी दूतावासको समर मुभी सिरिजअन्तर्गत फिल्म ‘ड्युन’ प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते १२:३०

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले ‘समर मुभी सिरिज’अन्तर्गत बिहीबार बेलुका हलिउड ब्लकबस्टर फिल्म ‘ड्युन’ प्रदर्शन गरेको छ । क्यूएफएक्सको लबिम मलस्थित हलमा आयोजित विशेष स्क्रिनिङमा दूतावासका प्रतिनिधि, दर्शक र सञ्चारकर्मीले फिल्म हेरे ।

सन् २०२१ मा रिलिज भएको टिमोथी चालमेट, जेन्डाया, रेबिका फर्गुसन, अस्कर आइज्याक स्टारर यो एपिक–साइन्स फिक्सन फिल्मले त्यतिबेला नेपाली बक्स अफिसमा आकर्षक कमाइ गरेको थियो । विश्व बक्स अफिसमा ४०२ मिलियन डलर कमाइ गरेको फिल्मलाई क्रिटिक्सले पनि रुचाएका थिए ।

सन् १९६५ मा प्रकाशित फ्रान्क हबर्टको चर्चित साइन्स फिक्सन उपन्यास ‘एरेकिस’मा फिल्म आधारित छ, जसले एक काल्पनिक मरुभूमि ग्रहको कथावस्तु पेश गर्छ । यो उपन्यासलाई इतिहासमै सर्वाधिक बिक्री भएको विज्ञान आख्यानमा आधारित उपन्यास पनि मानिन्छ । आगामी नोभेम्बर ३ मा ‘ड्युन’ फिल्मको दोस्रो श्रृंखला विश्वव्यापी प्रदर्शनको तयारीमा छ ।

क्यूएफएक्सको लबिम मलस्थित हलमा फिल्म निर्माता अशोक शर्मालगायत

दूतावासका अनुसार आगामी अगस्टसम्म प्रत्येक महिनाको अन्तिम बिहीबार फिल्म देखाइनेछ । कोभिड महामारीको कारण स्क्रिनिङ रोकिएपछि बिहीबारदेखि दूतावासले फिल्म प्रदर्शन सुचारु गरेको हो । दूतावासले मानवअधिकार, लोकतन्त्र, विज्ञान, समाज, राजनीति लगायतका विषयवस्तुमा फिल्म स्क्रिनिङ गर्दै आइरहेको छ । सांस्कृतिक आदानप्रदान कार्यक्रमअन्तर्गत दूतावासले यसअघि हिपहप नृत्य प्रशिक्षण कार्यशाला पनि चलाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?