+
+

पशुपतिको जलहरीबारे उठेको प्रश्नका सन्दर्भमा सर्वदलीय बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते १३:५७
जलहरीको विषयलाई लिएर संसद अवरोध गर्दै नेकपा एमालेका सांसदहरू ।

१२ जेठ, काठमाडौं । प्रतिनिधिसभामा पशुपतिको जलहरीबारे प्रश्न उठेपछि त्यस विषयमा सर्वदलीय बैठक जारी छ ।

सभामुखको कार्यकक्षमा सबै दलका प्रमुख सचेतक र ठूला दलका सचेतकहरु सहभागी छन् ।

जेठ १० गते माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहेका बेला पशुपतिको जलाहरी लगाउँदा अनियमितता भएको भनी प्रश्न उठाएका थिए । सुनको जलहरी भनेर पित्तल लगाइएको उनको आरोप थियो ।

उक्त आरोप सत्यताका आधारित नभएको भनी एमालेले विरोध जनाएको छ । एमालेले गलत आरोप लगाइएको भन्दै प्रतिनिधिसभाको बैठक नै अवरुद्ध गरेपछि समाधानको उपाय खोज्न सर्वदलीय बैठक बसेको हो ।

सर्वदलीय बैठक नयाँ वानेश्वरस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा सर्वदलीय बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?