+
+

सर्वदलीय बैठक लम्बियो, संसद बैठक अझै सुरु भएन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते १४:५६

१२ जेठ, काठमाडौं । नेकपा एमालेले अवरोध गरेपछि दिउँसो पौने १ बजे २० मिनेटका लागि भनेर स्थगित भएको संसद बैठक ३ बजे बस्ने सूचना जारी भएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले बैठक ३ बजे बस्ने सूचना निकालेका हुन् । तर बैठक बस्नका लागि दलहरुबीच सहमति जुटेको छैन ।

नेकपा माओवादीका सांसद राजन दाहालले  पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको थियो ।

एमालेले दाहालकाे भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।

यसरी स्थगित भएको बैठक  बिना सूचना २ घन्टा भित्र सुरु नभएमा स्वत: स्थगित हुने व्यवस्था छ । त्यसैले बैठक बस्ने समय लम्ब्याउनका लागि महासचिव गौतमले बैठक ३ बस्ने सूचना निकालेका हुन् ।

संसद बैठक स्थगित गरी सहमतिका लागि बसेको सर्वदलीय बैठक लम्बिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?