+
+

हलिउड हड्तालको असर फिल्म छायांकनमा, मार्वलको ‘थन्डरबोल्ट्स’ रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते १७:०३

काठमाडौं । हलिउडमा जारी हड्तालको असर अब फिल्म निर्माणमा देखिन थालेको छ । जसको पहिलो असर मार्वल स्टुडियोको फिल्म ‘थन्डरबोल्ट्स’लाई परेको छ । भेराइटी म्यागजिनका अनुसार लेखकको हड्तालले फिल्मको निर्माण नै रोकिएको छ । हड्तालको कारण हलिउडको फिल्म निर्माण नै रोकिएको यो पहिलो घटना हो ।

यो फिल्मको छायांकन अर्को महिना एटलान्टामा सुरु हुने तालिका थियो । अब हड्ताल रोकिएपछि मात्र छायांकन गर्ने तयारी छ । फेज फाइभको एक फिल्म मानिने ‘थन्डरबोल्ट्स’सँगै ‘एन्ट-म्यान एण्ड द वास्प’, ‘द फाल्कन’ र ‘द विन्टर सोल्जर’, ‘ब्ल्याक विडो’ र आगामी ‘क्याप्टन अमेरिका’को श्रृंखला ‘न्यु वल्र्ड अर्डर’ फिल्मलाई निर्माण गर्ने तयारीमा मार्वल छ । ‘पेपर टाउन्स’ निर्देशक जेक श्रियरले फिल्मलाई निर्देशन गर्ने तयारी छ ।

‘थन्डरबोल्ट्स’को कास्टमा सेबास्टियन स्टेन, फ्लोरेन्स पग, व्याट रसेल, ओल्गा कुरिलेन्को, डेभिड हार्बर, हन्ना जोन-कामेन र जुलिया लुइस-ड्रेफस समावेश छन् । यो फिल्मलाई सन् २०२४ को जुलाई २६ मा प्रदर्शन लक्ष्य राखिएको छ । राइटर्स गिल्ड अफ अमेरिकाको हड्तालको असर थन्डरबोल्ट्ससँगै फेज फाइभमा रहेको अर्को फिल्म ‘ब्लेड’लाई पनि परेको छ । यो फिल्मको छायांकन पनि पर सरेको छ ।

गत मे २ देखि सुरु भएको हड्तालले अमेरिकी मनोरञ्जन उद्योगका काम ठप्प हुन थालेका छन् । पारिश्रमिक वृद्धि र रोजगारीको सुनिश्चितता लगायत माग गर्दै हड्ताल भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?