+
+

निरा पाण्डेको हत्यामा संलग्न रहेका आरोपी केन्द्रीय कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते २०:१३

१२ जेठ, काठमाडौं । कपनको सरस्वतीनगरमा ७ वैशाखमा आफ्नै भाँडा पसलभित्र भएको निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले अनलाइनखबरलाई बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वकर्मालाई १६ वैशाखमा झापाबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

विश्वकर्माले आर्थिक रुपमा समस्यामा परेपछि पाण्डेको सिक्री र काउन्टरमा भएको रकम लुट्न खोज्दा प्रतिकार गरेपछि हत्या गर्नुपरेको बयान दिएको प्रहरीको भनाइ छ ।

प्रहरीले सुरुवातमा यसमा अन्य व्यक्तिहरुको पनि संलग्नता हुनसक्ने आशंकामा अनुसन्धान गरे पनि अरु व्यक्तिहरुको संलग्नता नखुलेको अधिकृतहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?