+
+

दुई सांसदलाई फिर्ता बोलाउने जनमत पार्टीको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते २०:२०

१२ जेठ, काठमाडौं । जनमत पार्टीले पार्टीको निर्णय पालना नगरेको भन्दै दुई सांसदलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

काठमाडौंको तपोवनमा सकिएको केन्द्रीय समिति बैठकले समानुपातिक तर्फका सांसदहरु सोनु मर्मुर र विनिता सिंहलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

एक नेताका अनुसार, केन्द्रीय समिति बैठकमा मुर्मुर र सिंहलाई फिर्ता बोलाउने निर्णय सर्वसहमतले पारित भएको छ ।

‘उहाँहरुले पार्टीको निर्देशन अनुसार काम गरेको देखिएन, त्यसैले राइट टु रिकलको निर्णय गर्नुपरेको हो’, ती नेताले भने।

मुर्मुरले पार्टीको निर्णय बिपरीत आफ्नै श्रीमानलाई स्वकीय सचिव राखेकाले फिर्ता बोलाउने निष्कर्षमा बैठक पुगेको ती नेताले बताए ।

अर्का सांसद सिंहको भने संसदीय भूमिका प्रभावकारी नभएको निष्कर्ष बैठकले निकालेको छ । ‘उहाँहरुले जनताको गुनासो नसुनेको पनि कुरा आयो’, ती नेता भन्छन् ।

जनमतले यी सांसदहरुलाई फिर्ता बोलाउनेगरी संसदीय दलले प्रक्रिया अगाडि बढाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?