+
+

मिस नेपाल जितेपछि श्रीच्छा भन्छिन्- सबैलाई करुणाको महसुस गर्नुस् भन्न चाहन्छु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १३ गते २२:३६

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३ श्रीच्छा प्रधानले करुणाको महसुस गर्न सबैलाई आग्रह गरेकी छन् । ताज जितेपछि ठूलो उत्तरदायित्व आफूमाथि भएको बताउँदै उनले आफूलाई विश्वास गरेकोमा सबैलाई धन्यवाद समेत दिएकी छन् ।

जलवायु अभियन्ता समेत रहेकी २३ वर्षिया प्रधानले शनिबार आयोजित मिस नेपाल २०२३ को ग्राण्ड फिनाले लगत्तै अनलाइनखबरसँग कुराकानी गरेकी थिइन् । मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धी शाह र पेशाले पाइलट समेत रहेकी मिस नेपाल अर्थ २०२३ रैना मजगैयाले ताज जितेपछि आफ्नो योजनाबारे बताएका छन् । प्रस्तुत छ उनीहरुसँग गरिएको संक्षिप्त संवाद :

मिस नेपाल वर्ल्ड श्रीच्छा प्रधान

आजको दिन मेरो लागि एकदमै अभूतपूर्व रह्यो । आमाले भनेर म यहाँ आएकी हुँ । हरेक कदममा मैले आफ्नो उद्देश्यलाई याद गरिराखेँ । यसकारण मैले सफलता प्राप्त गरेँ । मेरो ठूलो उत्तरदायित्व पनि छ भन्ने बुझेको छु । आजको दिन म आमालाई सम्झन चाहन्छु । उहाँको माया मसँगै छ । उहाँको साथ भएको कारणले म यहाँ छु ।

मिस नेपालको नाताले सबैलाई म लामो श्वास फेरेर करुणाको महसुस गर्नुस भनेर आग्रह गर्न चाहन्छु । करुणा भनेको एकदम महत्वपूर्ण कुरा हो । करुणाले नै संसार र समाजलाई बलियो तुल्याउँछ । त्यही मिसनको लागि म यहाँ छु र तपाईंको साथ रहोस् भनेर आशा राख्छु । मलाई विश्वास गर्नुभएकोमा धन्यवाद । मेरो लक्ष्य र उद्देश्यलाई पनि साथ दिनुभयो धन्यवाद । म तपाईंहलाई निराश तुल्याउनेछैन । मलाई आशा छ, हामी सबै मिलेर विश्वलाई सँगै हरियाली तुल्याउनेछौं ।

मिस नेपाल इन्टरनेसनल प्रसिद्धी शाह

एकदमै भावुक भएको छु म चाहिँ । आमा, बुवा र परिवारको साथ पाएरै म यहाँ छु । आजको दिनमा म मेरो हजुरबुवा र हजुरआमालाई सम्झन चाहन्छु । ममीको लिगेसीभन्दा पनि मेरो इच्छा र आत्मबलले हो । आत्मबल बिना इच्छा पुरा हुँदैन । मिस इन्टरनेसनलको रुपमा ममीको लिगेसीलाई कन्टिन्यू गर्न पाउँदा खुशि छु ।

मिस नेपाल अर्थ रैना मजगैंया

मेरो इच्छाशक्ति, दृढता र पोजिसनले यहाँसम्म आएँ । मलाई सहयोग गर्ने सबैलाई धेरै धन्यवाद दिन चाहन्छु । म आफै पाइलट हुँ । पाइलट पर्यटन क्षेत्रभित्र पर्छ । नेपालको जैविक विविधतालाई विश्वभर चिनाउन धेरै कुरा छ । सगरमाथा मात्र हैन, हाम्रो देशमा धेरै प्राकृतिक स्रोत सबैलाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय तहमा मैले सक्दो योगदान दिनेछु । ब्यूटी क्राउन जित्नलाई मुख्यरुपमा आत्मविश्वास, आफू र आफ्नो क्षमताप्रति विश्वास गर्नूस भन्न चाहन्छु ।

तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?