+
+

पहिचानको आन्दोलन  : एकै रङ्गको हेलमेट र सञ्चार सेटसहित प्रदर्शन

हरि अधिकारी हरि अधिकारी
२०८० जेठ १४ गते ११:५४

१४ जेठ, विराटनगर । पहिचान  पक्षधरको आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले एकै रङ्को हेलमेट लगाएको पाइएको छ । कोशी प्रदेशको नाम संसोधनको माग गर्दै प्रदेश १ पुन: नामाङ्कन संघर्ष समिति आन्दोलनमा  छ ।

आइतबारबाट प्रदेशसभा भवन घेर्नका लागि  पुगेका प्रदर्शनकारीसँग  एलभी लेखिएको कालो रङको हेलमेट लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालले बताए ।

‘एलभी’ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको युवा संगठन लिम्बुवान भोलेन्टयर्सको सांकेतिक नाम हो ।

आन्दोलनमा उत्रिएका कार्यकर्तालाई भोलेटियर्सले नै हेलमेट र कालो रङको टिसर्ट उपलब्ध गराएको हो ।

गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचान पक्षधरहरु आन्दोलनमा छन् ।

आन्दोलनका क्रममा गत चैत ५ गते घाइते भएका पदम लिम्बु लाजेहाङको चैत १० गते मृत्यु भएको थियो । उनको मृत्युपछि गाउँ  केन्द्रीय आन्दोलन गरेर पहिचान पक्षधरले युवालाई संगठित गरी  तालिम पनि दिएको थियो ।

नाम खारेजीको माग राख्दै  प्रदर्शनमा उत्रिएको प्रदेश  १ पुन: नामाङ्कन संघर्ष  समितिमा  विभिन्न दल र जातीय संस्था छन्  । ती संस्था र  दलले आन्दोलनका लागि युवाहरुको टोलीलाई आन्दोलनमा अगाडि सारेको छ । मञ्चले एलभी फोर्स, किरात राई यायोख्याले किरात फोर्स, सञ्जुहाङ पालुङ्वा नेतृत्वको समूहले युवाहरुको काङ्सोरे फोर्स तयार गरेको थियो ।

प्रदेश सभा भवन युवाहरुको समूहले घेर्ने तयारी  छ । प्रदेश सभा घेर्न आएका २५ जनाभन्दा बढी पक्राउ परेको डीएसपी दाहालले बताए । पक्राउ परेकाहरुको साथबाट लाठी भाटा गुलेली पनि  भेटिएको उनले बताए ।

पहिचान पक्षधरले आन्दोलनलाई सञ्चालन गर्न भन्दै सञ्चार सेट पनि विराटनगर ल्याएको थियो । पहिचान पक्षधरले ल्याएको ४ वटा संचार सेट (वाकीटाकी) प्रहरीले नियन्त्रणमा लिएको छ ।

संगम पार्टी प्यालेसबाट शुक्रबार सञ्चार सेट नियन्त्रणमा लिएको हो ।विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेका पहिचानवादीले शुक्रबार नै आन्दोलनका लागि ‘युवा दस्ता’ घोषणा  गरेको थियो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?