+
+

लक्षित वर्गलाई १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने महानगरको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १३:०६

१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पतालहरूलाई कारबाही गर्नेबागम तयारी गरेको छ ।

महानगरका अनुसार कारबाही स्वरूप केन्द्र र प्रदेश मातहत अन्तर्गतका ७२ वटा अस्पतालको नाम सार्वजनिक गर्ने तयारी छ । महानगर स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार नाम सार्वजनिक गर्दा पनि अटेर गर्ने अस्पताललाई थप कारबाहीका लागि संघ र प्रदेश सरकारलाई लेखेर पठाइने छ । यति गर्दा पनि अटेर गर्ने स्वास्थ्य संस्थाको प्रशासन नै बन्द गरिने उनले बताए ।

गत २ जेठमा महानगरले एक सूचना निकाल्दै लक्षित वर्गका बिरामीले निःशुल्क सेवा लिएको विवरण टाँस गरेर विवरणहरु प्रत्येक महिनाको १० गते भित्र पठाउन भनेको थियो ।

अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुलमध्ये १० प्रतिशत शय्या छुट्याएर निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।

यस व्यवस्था बमोजिम अतिरिक्त लक्षित वर्गको विवरण पठाउन महानगरको आग्रह गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ (४) ख २ को स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकार स्थानीय तहलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?