+
+

संसदीय सुनुवाइ समिति गठन, कुन दलबाट को परे ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १४:४९

१४ जेठ, काठमाडौं । संसदीय सुनुवाइ समिति गठन भएको छ । सभामुख देवराज घिमिरेले सुनुवाइ समितिमा रहने सदस्यहको नाम प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेका थिए ।

जसलाई सभाले स्वीकृत गरेको छ । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट ४/४ जना छन् ।

कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम सदस्य रहेका छन् ।

संसदीय सुनुवाइ समितिमा माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाबाट पशुपति शम्शेर जबरा र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट प्रकाश अधिकारी सदस्य छन् ।

१५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट नेपाली कांग्रेसका रमेशजङ्ग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा वैशाख १३ गते नै मनोनीत भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?