+
+

देशभर १५.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि, धेरै ग्रामीण भेगमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १५:५३
फाइल तस्वीर

१४ जेठ, काठमाडौं । नेपालमा अझै १५.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको पाइएको छ । आर्थिक सर्वेक्षण २०७९/८० ले यस्तो देखाएको हो । गरिबीको रेखामुनि रहेको ठूलो जनसंख्या अहिले पनि ग्रामीण भेगमा बस्ने गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यामा अहिले केही सुधार भने देखिएको आँकडाले देखाएको छ । बहुआयामिक गरिबीको रेखामुनि भने १७.४ प्रतिशत जनसंख्या रहेको छ ।

बहुआयामिक गरिबी ग्रामीण भेगमा २८ प्रतिशत जनसंख्या रहेको छ । शहरी क्षेत्रमा १२.३ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनि रहेको छ । कर्णालीमा ३९.५ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीमा छ भने बागमतीमा मात्र ७ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?