+
+

संसद भवन उद्घाटन समारोहमा सेंगोललाई मोदीको साष्‍टाङ्ग दण्डवत

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १६:२९

१४ जेठ, काठमाडौं । भारतमा संसदको नवनिर्मित भवनको उद्घाटन भएको छ । भव्य समारोहबीच प्रधानमन्त्री नरेन्द्र मोदीले संसद भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा मोदीले सेंगोल अर्थात् संसद भवनमा राखिने दण्डलाई साष्‍टाङ्ग दण्डवत गरेका छन् । मोदीले सेंगोललाई नयाँ संसद भवनमा लगेर लोक सभाका अध्यक्षको आसनको दायाँतर्फ स्थापित गरेका छन् ।

उनले संसद भवन एउटा भवन मात्र नभई १४० करोड भारतीयको आकांक्षाको प्रतिबिम्ब र लोकतन्त्रको मन्दिर भएको बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘यो भवन हाम्रा स्वतन्त्रता सेनानीको सपना साकार पार्ने साधन बन्ने छ’ मोदीले थपे, ‘यो नयाँ भवन आत्मनिर्भर भारतको सूर्योदयको साक्षी बन्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?