+
+

टेकु अस्पताललाई ३०० शय्यामा विस्तार गरिने, ४६ करोड विनियोजन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १८:१४

१५ जेठ, काठमाडौं । सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पताललाई तीन सय शय्यामा विस्तार गर्ने जनाएको छ ।

संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले टेकु अस्पताललाई तीन सय शय्यामा विस्तार गर्ने जनाएका हुन् ।

यद्यपि, मन्त्री महतले टेकु अस्पताल विस्तार पुरानै कार्यक्रमलाई निरन्तरता दिएका हुन्।

त्यसैगरी, पोखरा, सुर्खेत, भरतपुर र डोटीमा निर्माण भइरहेका प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न भई सञ्चालनमा ल्याउने मन्त्री महतले जानकारी दिए ।

सरुवा रोग अस्पतालको लागि ४६ करोड विनियोजन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?