+
+

सार्वजनिक-निजी साझेदारीमा दोलखा र बनेपामा इन्डोर फिल्म स्टुडियो बनाइने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १८:५१

काठमाडौं । सरकारले सार्वजनिक-निजी साझेदारीमा दोलखा र काभ्रेको बनेपामा इन्डोर फिल्म स्टुडियो बनाउने घोषणा गरेको छ ।

बुधबार संसदमा आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् । नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गरिने समेत अर्थमन्त्री महतले जनाएका छन् ।

साहसिक पर्यटन तथा चलचित्र पर्यटनको प्रवर्द्धन र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?