+
+

नेपाल वायुसेवा निगम र नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १९:१२

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा नेपाल वायुसेवा निगम, नेपाल टेलिकमसहितका सार्वजनिक संस्थानको सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ ।

अर्थमन्त्री प्रकाश शरण महतले यस्ता संस्थानको निश्चित प्रतिशत सेयर निविनेश गरिने बताए ।

निरन्तर घाटामा गएका संस्थानमा रणनीतिक साझेदार भित्राएर व्यवस्थापन सुधार गरिने समेत उनले बताए ।

टेलिकममा सर्र्वसाधारण र कर्मचारीको हिस्सा ८ दशमलव ४७ प्रतिशत मात्र छ । बाँकी ९१.५३ प्रतिशत शेयर सरकारको छ । यो शेयर सर्वसाधारणमा दिने र आफ्नो हिस्सा घटाउने सरकारले घोषणा गरेको हो ।

यस्तै नेपाल वायु सेवा निगम भने पूर्ण रुपमा सरकारकै स्वामित्वमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?