+
+

संसदमा प्रधानमन्त्रीले भने : भारत भ्रमणमा विद्युत् निर्यातको आधार बनाइनेछ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते २०:११

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठदेखि हुने आफ्नो भारत भ्रमणको विषयमा प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।

सोमबार साँझ बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसपटकको भ्रमणमा जलविद्युत् निर्यातको आधार तयार गर्ने बताएका छन् ।

‘जलविद्युत् निर्यातको आधार सुनिश्चित गर्नु प्राथमिकताको विषय हुनेछ । बंगलादेशमा बिजुली निर्यातको विषयमा यसपटक कुराकानी हुनेछ’ उनले भने ।

नेपाल भारत सहकार्यका लागि जलविद्युत् महत्वपूर्ण विषय हो भन्दै प्रधानमन्त्री प्रचण्डले नेपालको हित सुनिश्चित हुने गरी भारतीय लगानी भित्र्याउने विषयमा पनि छलफल हुने बताए ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा पनि लामो समयदेखि प्रगति हुन नसकेको भन्दै उनले महाकालीको पानी समान र साझा रुपमा वितरण हुने गरी पञ्चेश्वरबारे छलफल गरिने बताए ।

त्यस्तै सीमा समस्या लगायतका कतिपय विषय सम्बोधनका लागि विश्वासको वातावरण बनाउने पनि उनले बताए । ‘सीमा समस्या लगायत कतिपय विषय सम्बोधन गर्न ठोस विश्वासको वातावरण बनाउने गरी छलफल अगाडि बढाइनेछ’ संसदमा प्रधानमन्त्री प्रचण्डले भने ।

भ्रमणका क्रममा भारतको इन्दोरमा फोहोर व्यवस्थापन परियोजनाको अवलोकन गर्ने पनि बताए । त्यस्तै त्यहाँको आईटी पार्कको अवलोकन पनि गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?