+
+

संघीय अस्पतालका स्वास्थ्यकर्मीले अरु अस्पतालमा काम गर्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते २०:३७

१५ जेठ, काठमाडौं । सरकारले सबै संघीय अस्पतालहरुमा एक चिकित्सक, स्वास्थ्यकर्मी– एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न सबै संघीय अस्पतालमा एक चिकित्सक, स्वास्थ्यकर्मी– एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गर्ने बताए ।

सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न सबै संघीय अस्पतालमा एक चिकित्सक, स्वास्थ्यकर्मी– एक स्वास्थ्यसंस्था कार्यक्रम सञ्चालन गर्न २४ करोड बिनियोजन गरेको मन्त्री महतले बताए ।

यसअघि ठूला अस्पतालमा कार्यक्रम कार्यान्वयनमा नआएपछि सरकारले चालु आर्थिक वर्षमा दुर्गम क्षेत्रका अस्पतालमा एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्न लागेको हो ।

तर, दुर्गम क्षेत्रबाट पनि एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्न सरकार असफल भएपछि पुनः केन्द्रीय अस्पतालबाट कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो ।

सरकारले आर्थिक वर्ष २०७७/७८ मा पनि एक चिकित्सक एक स्वास्थ्यसंस्था कार्यक्रम लागू गर्ने घोषणा गरेको थियो ।

यस कार्यक्रम लागू भएमा सरकारी अस्पतालका सेवा गुणस्तरीय हुने विज्ञहरु बताउँछन् ।

एक चिकित्सक र स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था (कार्यक्रम सञ्चालन) कार्यविधि, २०७७ अनुसार यो कार्यक्रम लागू भएको अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले अरु अस्पतालमा काम गर्न पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?