+
+

वैदेशिक रोजगारीमा जानेसँग उठाएको रकमबाट म्यानपावरले १ प्रतिशत कर तिर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते २१:३१

१५ जेठ, काठमाडौं । सरकारले म्यानपावर कम्पनीबाट अब वैदेशिक रोजगार सेवा शूल्क उठाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले यस्तो कर उठाउने निर्णय गरेको हो ।

आर्थिक विधेयक अनुसार अब वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पाएको व्यक्तिले वैदेशिक रोजगारीमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क तिर्नुपर्ने भएको छ ।

यो रकम वैदेशिक रोजगारीमा जाने व्यक्तिको हितमा खर्च गरिने समेत सरकारको भनाइ छ । यो रकम म्यानपावरले २५ गतेभित्र राजस्व खातामा जम्मा गर्नुपर्छ । त्यसो नगरे वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?