
१५ जेठ, काठमाडौं । सरकारले आजबाट लागु हुनेगरी जुत्ता चप्पलको कच्चा पदार्थको भन्सार वृद्धि गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले भन्सार जुत्ता, तलुवा र पाउपोसको भन्सार १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको हो ।
यस्तै प्लास्टिक वा रबरको बाहिरी तलुवा र हिलमा लाग्दै आएको भन्सार महसुल पनि दोब्बरले बृद्धि गरिएको छ । यस अघि १० प्रतिशत लाग्दै आएको कर दोब्बरले बढाएर २० प्रतिशत पुर्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4